रिबन

कांग्रेसको विरोध प्रदर्शन : देउवाले भक्तपुर र पौडेलले तनहुँमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन र सभा आयोजना गर्दैछ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले कांग्रेसले पुनःस्थापनाको माग नगराखे पनि त्यसलाई सर्वसत्तावादको आरम्भ भन्दै विरोध जनाएको छ ।

कांगे्रसले आफ्ना केन्द्रीय सदस्यलाई जुन जिल्लामा हो त्यहीँ सहभागी हुन र सशक्त ढंगले विरोध प्रदर्शनमा सहभागी हुन निर्देशन दिएको छ । कांग्रेसले केही पदाधिकारीलाई जिल्ला जिल्लामा खटाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भक्तपुरमा आयोजित विरोध सभामा सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी नेता रामचन्द्र पौडेल भने गृहजिल्ला तनहुँमा पुगेर त्यहाँ आयोजित सभालाई सम्बोधन गर्नेछन् ।

सभापति शेरबहादुर देउवा– भक्तपुरको मध्यपुर थिमी
वरिष्ठ नेता रामचन्द्र पौडेल– तनहुँ
महामन्त्री डा. शशांक कोइराला–नवलपुर
पूर्वमहामन्त्री प्रकाशमान सिंह – काठमाडौं, नयाँ बानेश्वर
प्रवक्ता विश्वप्रकाश शर्मा – काठमाडौं, कोटेश्वर
केन्द्रीय सदस्य गगन थापा– नेपालगञ्ज

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *