काठमाडौं। सरकारले २०७८ वैशाख १५ गते मध्यावधि निर्वाचनको मिति तोकेको छ । संसद विघटनको प्रस्तावसँगै सरकारले आमनिर्वाचनको मिति प्रस्ताव गरेको हो ।
संविधानमा मध्यावधि निर्वाचनको घोषणा भएको ६ महिनाभित्र निर्वाचन गर्नेगरी मिति तोक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार निर्वाचन आयोगको परामर्शमा सरकारले वैशाख १५ गते निर्वाचन गर्ने घोषणा गरेको हो ।
सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका अधिकांश नेताले प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक भएको बताएका छन् ।
संसद् विघटनको सिफारिस संविधानविपरीत
यद्यपि, नेपालको संविधान २०७२ मा बहुमतको सरकार हुँदाहुँदै संसद् विघटन गर्नसक्ने व्यवस्था गरेको छैन । संविधानको धारा ७६ को उपधारा ७ अनुसार मुलुकमा अल्पमतको सरकार रहेको र सो सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा मात्रै संसद् विघटन गर्नसक्ने व्यवस्था गरेको छ ।




