कला/साहित्य

सिजो कविता

१,
मायाको थुप्रोमाथि पर्खिबस्दा कति सम्झौँ
सम्झेर कुर्दाकुर्दै आफ्नै मन रित्तिएछ
आफूले चाहेलो जति भेट्टाउनै मुस्किल ।
२,
तड्पेर यताउता हेर्दाहेर्दै मन बुझ्यो
दु:खद समयमा आफैलाइ बिर्सिएछु
बिर्सिदा पागल मन आशा च्याप्दै दौडेको ।
३,
सम्बन्ध जोड्नलाई गाह्रो पर्छ जीवनमा
विश्वास भन्ने कुरा आत्मादेखि जाग्नुपर्छ
काँचको भाडावर्तन फुटेपछि जोडिन्न ।
४,
फुलको सुगन्धमा रमाउँदै नाता गासेँ
क्षणिक आनन्दमा माया गर्दै आफ्नै सम्झेँ
समय परिवर्तन हतारिँदै कुदेको ।
५,
बन्दले सुनसान बनाएको कालो डर
ब्यापार ब्यबसाय लथालिङ्ग बन्दै जाँदा
बाध्यता जीउनलाई खोजी पस्दै कुनामा ।
६,
बाँचियो व्यथा बोकी सङ्कटमा पर्दापर्दै
भएन कोही आफ्नो साथ दिने बास दिने
एक्लिँदा समय पनि कटाउन नसक्ने ।
७,
नेपाल शान्तिक्षेत्र भन्दै थिए भन्नेहरु
रिसको भूमरीमा फसेदेखि अलपत्र
कसरी जिउनेहोला त्राहीत्राही भएर ।
८,
पिउँदा वाक्क लाग्ने आँखा तर्दा रिसाउने
पोखिदा मस्तहुने रातो आँखा मडारेर
विरक्त जीवन गाथा जोगाउने कसरी ।
९,
मायाको फुलबारी सजाएर राख्दै थिए
पर्खेर बस्दा बस्दै रित्तो मन ढल्किएछ
आशाको विश्वास पनि ब्यर्थ भयो कुरेर ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *