मुख्य समाचार

कांग्रेस पदाधिकारी बैठक स्थगित, आकस्मिक केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय शीर्ष नेताको आज बस्ने भनिएको बैठक स्थगित गरेर केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । प्रतिनिधिसभा सांसदसमेत रहेका पार्टीका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएपछि केन्द्रीय समिति बैठक बोलाइएको हो । आज बस्ने केन्द्रीय समिति बैठकले शोक प्रस्ताव पारित गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले आज दिउँसो १ बजेका लागि पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेको थियो। केसीको निधनका कारण उक्त बैठक नबस्ने कांग्रेसले जनाएको छ। गए राति पोखरास्थित घरमा केसीको निधन भएको थियो। उनी लामो समयदेखि मधुमेह र प्रेसरबाट पीडित थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *