काठमाडौँ । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग माग गरिएको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष पार्टीले निकालेको छ ।
यसअनुसार सानेपामा सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले नेता खड्कालाई सोधिएको सात दिने स्पष्टीकरण फिर्ता लिने तयारी गरेको हो ।
यसअघि वैशाख २ गते बसेको समितिको बैठकले खड्कासँग सात दिने स्पष्टीकरण माग्ने निर्णय गरेको थियो ।




