काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ।
उनकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले उक्त आदेश दिएको हो ।
अदालतको आदेशसँगै नेता दीपक खड्कालाई हालको अवस्थामा थुनामै राख्ने निर्णय कायम भएको छ । खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो ।




