मुख्य समाचार

वीरगञ्ज नाका खोल्दा सीमाक्षेत्र तनावग्रस्त

काठमाडौं । भारतले एकपक्षीय रुपमा वीरगन्ज नाका खोलेपछि सीमा क्षेत्रमा तनावग्रस्त भएको छ । नेपाल–भारत सीमानामा रहेको रक्सौल भन्सारले नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्न खोज्दा सीमा क्षेत्रमा तनाव सिर्जना भएको हो । पर्सा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार ‘रक्सौलबाट आउने भारतीयलाई सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीले रोक्न खोज्दा तनावको अवस्था सिर्जना भएको हो ।’

कोरोना संक्रमणले चैत्र ११ गतेदेखि बिना अनुमति सर्वसाधारणलाई नेपाल प्रवेशमा रोक लगाइएको थियो। आज बिहीबार बिहानदेखि भारतले एकपक्षीरुपमा नाका खोलेपछि भारतबाट नेपाल भित्र्ने ठूलो सीमा क्षेत्रमा जम्मा भएका छन् । टाङ्गा, टेम्पु, मोटरसाइकल जीपलगायतका निजी सवारी साधनमा सयौं व्यक्ति वीरगञ्जको मितेरी पुलमा जम्मा भएपछि उनीहरुलाई रोक्न नेपाली सुरक्षाकर्मीलाई हम्मे परेको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी तामाङले कार्तिक ३० गतेसम्म वीरगन्ज नाका बन्द राखिने नेपाल सरकारको निर्माण भए पनि भारतले एकपक्षीय रुपमा नाका खोलेको बताए । उनका अनुसार भारतबाट आउनेलाई सीमा क्षेत्रमा नै रोक्न सुरक्षामकर्मीलाई निर्देशन दिइएको र जबरजस्ती छिर्न खोजे कानून बमोजिम कारबाही हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *