देश

धुम्बाराहीमा नेताहरूको निष्कर्ष: कांग्रेस एकताका लागि सानेपाले नेतृत्व सम्हालोस्

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् ।

आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफलका क्रममा नेताहरुले पार्टी विवादका बिषयमा अदालतले फैसला गरिसकेको अवस्थामा अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका हुन् ।

पार्टीलाई एकतावद्ध गर्न अहिलेको अवस्थामा सानेपाले नै सबैलाई मिलाएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा आफूहरुको मत रहेको कांग्रेस नेत नेता कुन्दनराज काफ्लेले जानकारी दिए ।

विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सदस्यहरुको छलफलले निरन्तर छलफल गरेर पार्टीलाई कसरी अघि बढाउने भन्नेबारे आवश्यक निर्णय लिने उनले भनाई छ । बैठकमा पार्टीको पहिलेको विश्लेषण, निर्वाचनमा पराजयको कारण लगायतका बिषयमासमेत छलफल भएको काफ्लेले बताए ।

कांग्रेस नेता श्यामकुमार घिमिरे अब पार्टीले आन्तरिक एकतालाई प्राथमिकता दिँदै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने तथा वर्तमान सभापति गगन थापाले समावेशी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले भने, ‘कानुनी पाटो अब सकिएको छ । राजनीतिक रुपले हामीले पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्ने आजको आवश्यकता हो । अब कानुनी लडाई सकिएको छ । अब राजनीतिक रुपले अहिलेका वर्तमान सभापति संस्थापन पक्षका गगन थापाले सबैलाई समेट्ने गरी भूमिका खेल्नुपर्छ भन्ने हो । असन्तुष्ट पक्षहरु हिजोको संस्थापन पक्षले पनि अब पार्टीलाई एकताबद्ध गरेर लैजाने बाटोमा जानुपर्छ ।’

घिमिरेले असन्तुष्ट पक्षलाई पनि एकताको प्रक्रियामा सहभागी गराउँदै पार्टीलाई सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *