विश्वसमुदाय अहिले महामारीसंग जुधिरहेको छ । चीनको हुवे प्राप्तबाट विश्वभार फैलिएको कोरोना भाइरसले गत डिसेम्बरदेखि महामारीको रुप लएको छ । यो भाइरस मानवजगतका लागि निकै ठूलो चुनौति तबनेको छ । कान्छो भाइरसको रुपमा देखा परेको कोरोनाको वितण्डाले विश्वसमुदाय त्राहिमान बनेको छ । कोरोना भाइसरको नियन्त्रणमा सम्पूर्ण राष्ट्रहरु एकजुट भएर लागे पनि अपेक्षित उपलब्धि हासिल गर्न भने अझै असमर्थ छन ।
सिएनएनका अनुसार विश्वकै विकसित र शक्तिशाली मानिने राष्ट्र अमेरीकामा ६ लाख ६० हजार मानिसहरु रोजगार विहिन भएका छन् । यो तथ्याङ्कक हालसम्मको सबैभन्दा बढी हो । मार्च २८ सम्म ६.६ लाख मानिसहरुले बेरोजगारी लाभका लागी आवेदन दिइएको उल्लेख छ । श्रम विभागले दिएको उक्त तथ्याङ्क अघिल्लो हप्ताको भन्दा दोब्बर छ ।
यसरी संसारकै शक्तिशाली र विकसित राष्ट्र अमेरीकामा कोभिट १९ को कारण इतिहासकै सबैभन्दा बढी मानिसहरु बेरोजगार बन्न पुगेको स्थितीले पनि विश्व अर्थतन्त्रमा कस्तो असर पर्छ भन्नेमा विश्व नै चिन्तित छ । कोरोनाको महामारीले विश्वव्यापी आर्थिक संकटलाई कुन हदसम्म पु¥याउने हो विज्ञहरु पनि अहिले नै निक्योलमा पुग्न सकिरहेको छैन् । किनकी यस महामारीको संक्रमण कहिले अन्त्य हुने कुनै निश्चित छैन ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार अमेरीकामा १० लाख भन्दा बढी मानिसमा कोभिड १९ को संक्रमण भईसकेको छ । जसमा अमेरीकामा मात्रै २ लाख बढी संक्रमित रहेका छन् । भने, ६ हजार बढीको मृत्यु भईसकेको छ ।
यस स्वास्थ्य संकटसंग जुध्न सक्ने क्षमता रहेको अभिव्यक्ति राष्ट्रपती ट्रम्पले पटक पटक दिएपनि करिब ९० लाख जनसंख्या भएको न्यूयोर्क सहरमा मात्र झण्डै एक लाख मानिस संक्रमित छन् भने, न्युजर्सी सहरमा करिब २६ हजार संक्रमित छन् । यसरी विश्वमै उच्च रफ्तारमा संक्रमण बढीरहँदा पनि त्यहाँको सरकारले कुनै पनि सहर बन्द गरेको छैन् भने उद्योग तथा कलकारखाना खुलै राखेको छ । यसबाट के आकलन गर्न सकिन्छ भने अमेरीकाले मानविय संकट भन्दा आर्थिक संकट झन भयाभह देखेको छ ।
महामारीको संक्रमणले मात्र त हालसम्मको सबैभन्दा बढी बेरोजगार भएका छन । सहर तथा देश नै बन्द गर्ने हो भने यो स्थिती भयाभह हुने पक्कै छ । आर्थिक संकटले देशलाई थिलथिलो पार्दछ । तसर्थ अमेरीकाले हाललाई मानविय संकट नजरअन्दाज गरी अर्थतन्त्रलाई नै जोगाएको प्रष्ट देखिन्छ । यदी अमेरीकी अर्थतन्त्र अन्य राष्ट्रहरुभन्दा डामाडोल भयो भने उसको शक्ति क्षीण पनि हुन सक्छ । तसर्थ उक्त सम्भावनालाई जोगाउनका लागी पनि त्यहाँको सरकारले मानविय संकटलाई नजरअन्दाज गरेको देखिन्छ ।
चीनवाट सुरु भएको यस स्वास्थ्य संकटलाई हाल चीनले टारेपनि यसले चिनियाँ अर्थतन्त्रलाई भने यसले नराम्ररी थलिएको छ । करिब २ महिना लामो बन्दले चिनियाँ औद्योगिक उत्पादनमा १३.५ प्रतिशतले कमि आएको छ । चीन विश्वकै सबैभन्दा बढी उत्पादन निर्यात गर्ने राष्ट्रको अग्रपंतीमा आउँछ । तथ्याङ्कीय रुपमा ५ मिलियन मानिसले रोजगार गुमाउनु परेको छ । जुन अहिले सम्मको सबैभन्दा बढी हो । आन्तरीक कामदारहरु कति बेरोजगार भएका छन्, गणनानै नभएको स्थिति छ । चीनमा सम्पत्ती लगानी स्वास्थ्य संकट यता २४. ५ प्रतिशतले घटेकोे छ भने, खुद्र विक्रि २०. ५ प्रतिशतले घटेको छ । यसरी चीनको अर्थतन्त्रलाई यस महामारीले निकै नै पछी धकेलेको छ । चीनसंग आर्थिक र उत्पादनमा भर पर्ने राष्ट्रहरुमा समेत यस महामारीले असर गर्नेमा दुई मत हुन छैन ।
कोभिट १९ को कारण अमेरीका र चीनमात्र हैन विश्वबजार नै संकटग्रस्त भएको छ । कोरोनाको कारण विश्वबजार सुस्त भएपछी तेलको माग २० प्रतिशतले घटेको छ । जसका कारण तलको मुल्यमा भारी गिरावट आएको छ । साउदी अरव, रुस लगायतको तेलबजार अस्थिर भएको छ । ईटालीमा १.७ प्रतिशत मानिसहरु खाद्य र आवास सेवामा संलग्न छन् । यस स्वास्थ्य संकटले यसको उत्पादन करिब ७५ प्रतिशतले गिरावट आउने त्यहाँका विज्ञहरुले अनुमान गरेका छन् । कुल अर्थतन्त्रको ६ प्रतिशत पर्यटन क्षेत्रले धानेको अवस्थामा यसमा पनि भारी गिरागट आउने निश्चित छ । महिनै देखि सहरहरु, उद्योग, कलकारखाना लगायतका क्षेत्र तथा बजारहरु बन्द छन् । यसले बेरोजगारीको भयाभह स्थितीको सहजै आकलन गर्न सकिन्छ ।
यस स्वास्थ्य संकटले निम्त्याएको असरले हवाई उडानहरु प्रभावित हुँदा अन्तर्राष्ट्रिय ट्रान्सर्पोट एसोशियसनका अनुसार एयरलाईन्स उद्योगले करिब ११३ अरब डलर सम्म राजस्व गुमाउने अनुमान गरेको छ । त्यस्तै विश्व वजारमा सुनको मूल्यमा गिरावट आएको छ । सेयरबजारमा सेयरको मूल्यमा पनि उस्तै भारी गिरवट आएको छ । परिणमस्वरुप विश्व अर्थतन्त्र संकट छ ।
यसरी करिब चार महिनायता आएको यस महामारीले विश्व अर्थतन्त्रलाई नराम्ररी असर पारेको छ । विषेशगरी शक्तिशाली राष्ट्र जहाँ अत्याधिक मात्रामा संक्रमित भएर राष्ट्रिय संकट पैदा गरेको छ । त्यस राष्ट्रको अर्थतन्त्र डामाडोल भएको छ । शक्ति राष्ट्रहरुले एक अर्काको तथ्याङ्कमा शंका गरिरहेका छन् । यस महामारीलाई सकेसम्म छिटो निर्मूल पारी सामान्य स्थिति ल्याएर अर्थतन्त्रलाई अस्थिरबाट जोगाउन हरप्रयास गरेका छन् ।
पुँजीवादमा आर्थिक सम्पन्नताले मुलुकको शक्ति र विकासलाई निर्धारण गरेको हुन्छ । अर्थले प्रमुख भूमिका खेलेको हुन्छ । तसर्थ यस महामारीको क्रममा कुनै पनि राष्ट्रले आफ्नो अर्थतन्त्रलाई संकटमा ल्याउन सक्ने परिस्थितीलाई रोक्नका लागि पनि एकअर्का संग आरोप, पत्यारोप, शंका आशंका पैदा गरी आफूलाई सक्षम र सुरक्षित छु भन्ने प्रतिस्पर्धामा लागेको देखिन्छ । विषेश गरी चीन र अमेरीका ।
यस महामारीले समपन्न तथा शक्तिमूलक राष्ट्रहरुजस्तो विकासन्मुख एवम् गरीबी राष्ट्रहरुमा भयानक आर्थिक असर त नपर्ला । तर पर्यटन, बैदेसिक रोजगारी एवम अन्तराष्ट्रिय आयत तथा निर्यात, लगानी लगायतको क्षेत्र तथा सम्वन्धमा भने नराम्ररी धक्का पुग्ने निश्चित छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने त देशको कुल अर्थतन्त्रको करिब ३५ प्रतिशत हिस्सा त विप्रेशणले (रेमिट्यान्स) ओगटेको अवस्थामा विदेशमा काम गर्ने धेरै मानिसहरुको रोजगार गुम्ने सक्ने खतरा निम्त्याएको छ । यसले देशको अर्थतन्त्रमा कस्तो असर पार्दछ हेर्न बाँकि नै छ । त्यस्तै पर्यटन क्षेत्रमा पनि यसले निकै नै धक्का लागेको छ । १० लाख पर्यटकको लक्ष्य राखेको ‘पर्यटन बर्ष २०२०’ मनाईरहनु पर्ने यो समयमा यसलाई स्थिगित गनुपरेको स्थिती छ । पक्कै पनि यसले आर्थिक व्यवस्थामा केही न केही नकरात्मक स्थितीलाई वढावा दिनेमा शंका छैन् । भएका उद्योगहरु केही दिनदेखी बन्द छन् । यसले बेरोजगारीको संख्या थप बृद्धी भएको छ । आर्थिक कारोबार प्रायःबन्द छ भने स्वास्थ्य संकट नियन्त्रणमा बजेट छुट्टयाउनु परेको छ । फलस्वरुप बार्षिक बजेटमा कटैती भएको छ । यसले देशको आर्थिक बृद्धीदरमा गिरावट आउने तथा वेरोजगारी बढी देश झन गरीब हुने संकेत गर्दछ ।
यसरी एउटा विकाशोन्मुख राष्ट्र त्यसमा पनि महामारीको त्यस्तो भयाभह स्थिति नभएको अवस्था छ । लकडाउन केही हप्ताको मात्र छ । यस्तो स्थितीमा त देशको अर्थतन्त्रमा संकट पैदा हुने अवस्था छ । झनै सम्पन्न तथा विकसित राष्ट्रमा यसको परिणामा कस्तो आउला ? अवस्था गम्भीर छ । पक्कै पनि पुँजीवादी समयमा यो स्वास्थ्य संकटले ल्याउने आर्थिक खाडलले धनीहरु अझ धनी हुने र गरीबहरु अझ गरीब हुने पनि देखिएको छ ।




