अरुको पोर्टलको मुख्य एड्मिन पासवर्ड वेवसाइट डेभलपरले प्रयोग भनेको साइवर अपराध हो
ह्याकरलाई पोर्टल ह्याक गर्ने विषय भनेको एक प्रकारको दुर्वेशन हो। वेला बखत अमेरिकाले चाइनीज ह्याकरहरुले आफ्नो सेना र गुप्तचरहरुको पोर्टल ह्याक गर्ने गरेको आरोप लगाउने गरेका छ। विश्वमा ह्याकरहरु चाइना र रुसमा बढी सकृय भएको र त्यहाँ समुहगत रुपमानै ह्याकरहरु रहेको पनि यदाकदा चर्चामा आएको सुनिन्छ।
नेपालमा पनि बैंक र वित्तीय सँस्थाहरुको सुरक्षा पनि जोखिममा परेको हामिले महशुस नगरेको पनि होइन। केही महिना अघि पनि एटीयम ह्याकगरेर करोडौँ रकम हिनामिना भएको प्रसङ्ग ताजै छ।
यस प्रकारको काम गर्न त्यस देशको ह्यकरलाई प्रयोग नगरी बाहिरबाट आएका ह्यकरलाई मात्र सम्भब हुदैन। किनकी जुनकुनै वेवसाइट डेभलपरले मुख्य एड्मिनको पासवर्ड सम्वन्धित डेभलपरलेनै आँफुले नै राखेको हुन्छ। साथै जुन डाटा हामिले अपलोड गर्छौँ त्यसलाई सुरक्षित गरेर अर्थात सेभ गरेर राख्नेकाम त्यसै सँस्थाले गर्ने गर्दछ।जस्तो उधारणको लागि हामिले आँफूले अपलोड गरेको सामग्री कुनै कारणबस हरायो वा मेटिन गयो भने हामीले तुरुन्तै आफ्नो पोर्टल डेभलपरलाई फोन गरेर त्यस सामग्रीलाई पुनः पोर्डलमा राख्ने गर्छौँ। किनकी डेभलपरले आँफूले प्रयोग गरेको सर्भरबाट पुनः राख्न सक्छ चाहे त्यो जति पुरानो होस।
पोर्टल भित्र गएर डाटा चोरी भएको खबर हामिले गुगल-याहु-लगायतका सर्चइन्जीनहरु माथि लगाइएको आरोप र उनीहरुले तिरेक हर्जनाबाट पनि थाहा पाउँने गर्छौँ। त्योपनि ह्याक नै हो।
हाल नेपालको एक समाचार सम्वन्धी पोर्टलको मुल एड्मिन भित्र पसेर सरकार र सरकारका आसेपेसेको विषयमा छापिएको समाचार हटाइएकाे हो। आँफैले बनाएको न्यूज पोर्टल जो त्यसको मुल एडमिनको पासवर्ड आँफुले रखेर कुनै प्रलोभनमा परी आँफैले समाचार मेटेको समाचार सतहमा आएको थाहा भयो। यो भनेको साइवर अपराध हो या भनौँ भ्रुणहत्या हो। जस्तोकी आफ्नै बच्चा जो गर्भमा छ या भर्खर जन्मेको छ त्यस्को हत्या गरे सरह हो । अतःयस्ता डेभलपरको अनुमति पत्रनै सरकारले खारेज गर्नु पर्छ र सम्वन्धित ब्यक्तिलाई अपराधको सजाय दिनु पर्छ ता की अव आइन्दा यस्तो हर्कत अरु पोर्टलहरुमा पनि हुन नसकोस।
थाहा भएअनुसार सो कार्यमा ‘एफवान सफ्ट’को निर्देशनमा सिरान टेक्नोलोजिजले समाचार मेट्ने काम गरेको हो।‘एफवान सफ्ट’का प्रवन्ध निर्देशक या भनौँ त्यसका मालीक असगर अलीको निर्देशनमा गरिएका यस्ताे कार्य निन्दनीय छ।
सत्यकुरा भनेको सिरान टेक्नोलोजिजले उक्त वेभ डेभलपरले न्युज पोर्टल प्रेस डट कम नामक वेभ साइट डेभलप गरेर ‘काठमाण्डूप्रेस’ नामक सँस्थालई हस्तान्तरण गरेको हो। ‘काठमाण्डू प्रेस’ न्युज पोर्टलको सिस्टमभित्र प्रवेश गरेर कन्टेन्ट हटाउने भनेको सिरान टेक्नोलोजिजले आफैंले डिजाइन गरेको न्युज पोर्टलमा अनधिकृत रूपमा प्रवेश गरेर डेभलपरको इमान्दारिता वहन गर्न नसकेको नै हो र उक्त पोर्टलको मुल एड्मिनको पासवर्डको दुरुपयोग गरेर डेभलपरको धर्म निर्वाह गर्न नसकेको नै हो।
‘एफवान सफ्ट’का प्रवन्ध निर्देशक या भनौँ त्यसका मालीक असगर अली को हुन भन्नेकुरा सबैला छर्लङ्ग छ। तर उन्ले अहिले सम्म ई–सेवा-फोनपे सेवा-अनलाइन-डेटा होस्टिङ-‘वेबसाइट र एप निर्माणलगायतका ‘एफवान सफ्ट’मार्फत साइबर सर्भिस दिएका छन् भने उनकाे सम्पर्कमा रहेका नेपालका २२ वाणिज्य बैंक र २६ वित्तीय संस्थाको मोबाइल एप बनाएको छ र फोन पेको गेटवे पनि सञ्चालन गरेको छ।
यस्तै हर्कत गर्नेहो भने असगर अलीसँग होसियार भएर बस्नु पर्ने हुन्छ।साथै उनले सन्चालन गरेका ई-सेवा प्रयोग गर्ने विषयमा पनि सोच्नु पर्ने हुन्छ।किनकी सो सँस्थाले त्यसमा आवध्द सबै ग्रहाकहरुको तीन पुस्तै सबै उनै सँग सुरक्षित छ।जसबाट हाम्रो सबै विवरणको पनि विक्री-वितरण हुन सक्छ। किनकी नैतिक सम्झौता भन्ने कुरा नै बाँकी रहेन। जब नैतिकता र विश्वसनीयता रहेन भने बैंक तथा वित्तीय संस्थाको सिस्टममा प्रवेश गर्न पनि कुनै बेर लाग्दैन। यो सँस्थाले ‘बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप बनाउने मात्रै होइन, पेमेन्ट गेटवे पनि उनीहरूको हातमा छ, कतिपय बैंकको त डेटा होस्टिङ पनि गरिरहेका छन्, कार्डको स्वाप गर्दासमेत उनीहरूकै गेटवे भएर भुक्तानी हुन्छ,’ ।
हाल नेपालका बैंक तथा वित्तीय संस्थामा तीन करोड ११ लाख खाता छन्। बैंकहरूमा कुल निक्षेप ३५ खर्ब ६५ अर्ब रुपैयाँ छ सोमध्ये १९ खर्ब ३२ अर्ब रुपैयाँ सर्वसाधारणको हो। बाँकी निक्षेप संस्थागत र अन्य प्रकृतिको रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ। यसरी डेभलपरको इमान नै न भएपछी बैंकको वित्तीय सुरक्षा पनि जोखिममा छ भन्न कठिन हुँदैन। आफैंले डिजाइन गरेको न्युज पोर्टलमा अनधिकृत रूपमा प्रवेश गर्ने सो कम्पनीले कुनै दिन बैंक तथा वित्तीय संस्थाको प्रणालीभित्र छिरेर वित्तीय हिनामिना गर्ने जोखिम हुँदैन भन्न सकिन्न।
जहाँ सम्म ‘काठमाण्डू प्रेस’ न्युज पोर्टलको सिस्टमभित्र अनधिकृत रूपमा प्रवेश गरेर कन्टेन्ट ह्याक गरेको विषयमा सिरान टेक्नोलोजिजले आफूबाट गल्ती भएको स्वीकार गरेको छ। प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीको निर्देशनमा उनका प्राविधिकहरूले न्युज पोर्टलको नयाँ एड्मिन सिर्जना गरेका जनाएको बताइन्छ।
यस विषयमा यो समाचार हटाइएकोबारे काठमाडौं प्रेस डट कमको विज्ञप्ति राख्न सान्दर्भिक सम्झेर प्रस्तुत गरेको छु।
नेपाली पत्रकारितामा हामीले एउटा अनौठो पीडा भोग्यौं । मंगलबार साँझ हामीले चीनबाट मेडिकल सामान खरिदका विषयमा एउटा सामाचार प्रकाशित गरेका थियौं – ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ । प्रकाशित समाचारका विषयमा विभिन्न निकाय र व्यक्तिबाट विभिन्न प्रतिक्रियाहरू हामीलाई प्राप्त हुन थालेको थियो ।
बुधबार विहान हाम्रो साइटको डेभलपमेन्ट र डिजाइनको काम गर्दै आएको शिरान टेक्नोलोजिज् प्रा. लि. को प्यारेन्ट कम्पनी एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाल र सुवास शर्माले फोन गरेर ‘त्यो समाचार हटाइदिनु पर्यो, हामीलाई माथिबाट ठूलो दबाव आयो’ भन्ने अनुरोध गर्नुभयो । हामीले प्रकाशित भएको समाचार हटाउन नमिल्ने, बरु समाचारका विषयमा कसैको केही भन्नु छ, खण्डन गर्नु छ भने लिखित रुपमा हामीलाई प्रतिक्रिया पठाउन आग्रह गर्यौं । विहान १०ः३० बजेतिर शिरान टेक्नोलोजिज्का प्रज्ज्वल महर्जनले फोन गरेर ‘त्यो समाचार त हटाउनै पर्ये भन्नुभयो । उहाँलाई पनि हामीले समाचार हटाउन नमिल्ने जवाफ दियौं । र, साइटमा तलमाथि केही नगर्नुहोला भनेर सचेत गरायौं । त्यसको दुई मिनेटपछि समाचार साइटबाट हटाइयो । त्यसपछि ढकाल, शर्मा र महर्जनलाई पटकपटक फोन गर्यौं, मेसेज पठायौं, तर उहाँहरुले कुनै प्रतिक्रिया जनाउनु भएन । समाचार हटाइएकोमा कानुनी प्रक्रियामा जान्छौं भनेपछि फोन उठाउनु भयो र ‘हामी हेर्छौं’ भन्नुभयो । तर, हटाइएको समाचार पुनः प्रकाशन गर्नुको सट्टा करिब २ बजेदेखि ४ बजेसम्म समाचार अपडेट नै गर्न नमिल्ने गरी साइट राखियो । फेरि मेसेज गरेर त्यसमा पनि कानुनी उपचार खोज्ने जानकारी दिएपछि उहाँहरुले बल्ल समाचार प्रकाशन गर्न मिल्ने बनाउनु भयो ।
वेब डेभलपरले समाचार पोर्टलभित्र गएर कसैको बारेमा प्रकाशित समाचार हटाएको सायद यो नै पहिलो घटना होला । हामीले यस घटनालाई पत्रकारितालाई नियन्त्रणमा राख्ने र संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता हनन् गर्ने गलत कदमको रुपमा लिएका छौं । समाचारमा चित्त नबुझे लिनुपर्ने बाटोको बारेमा कानुनले स्पष्ट गरेकै छ । हामी हाम्रो समाचारमा कहीं पनि त्रुटि वा कमजोरी भए, त्यसलाई सच्याउन वा कानुनी सजाय भोग्न तयार नै छौं । यस घटनामा कानुनी कदम चाल्न पनि हामीले विज्ञहरूसँग सल्लाह गरिरहेका छौं ।
(कसमस बिश्वकर्मा)
प्रधान सम्पादक
काठमाडौं प्रेस डट कम




