देश

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा । मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । सिङ्गापुरका ५० वर्षीय लाउ वी सेङको मृत्यु भएको हो ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमालको क्याम्प दुईबाट बेसक्याम्प फर्कने क्रममा सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए। उहाँ यही भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुग्नुभएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *