काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुर मुद्दामा कारागार चलान भएका छन्। उनलाई काठमाडौंस्थित केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।
काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा तामाङसँग रु २२ लाख धरौटी माग गरेको थियो। तोकिएको धरौटी रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले गरेको छलफलमा सहभागी भएर बाहिरिने क्रममा सिंहदरबार अगाडिबाट तामाङ पक्राउ परेका थिए।
प्रहरीका अनुसार तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी १० वटा मुद्दा रहेको खुलेको छ।




