ताजा समाचार

गिरिजाप्रसादको फेर नसमातेको भए प्रचण्ड कहाँ हुन्थे यतिबेला ?

काठमाडौं।नेपाली कांग्रेसका तत्कालिन पार्टी सभापति गिरिजाप्रसद कोइरालाको फेर समातेर राजनीतिक छवी बदलेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यति बेला आफ्नो मनगणन्ते अभिव्यक्तिलाई स्थापित गराएर कांग्रेसप्रति नकरात्मक भ्रम छर्ने दाउमा लागेका छन्। कुनै समय प्रचण्डका लागि बरदान बनेका कोइरालाको अवमूल्यनले प्रचण्ड कति अराजनीतिक छन भन्ने कुराको पर्दाफास भएको छ । पार्टीले अस्वीकार गरेको जनयुद्ध दिवसमा बोल्दै प्रचण्डले फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्नु पर्‍यो भनेर आफूलाई गिरिजाप्रसाद कोइरालाले भन्नु भएको भन्ने अभिव्यक्ति दिए । जुन अभिव्यक्तिपछि प्रचण्डको सवर्त्र आलोचना भएको छ । कांग्रेसले त प्रचण्डलाई जिम्मेवार ढंगले प्रस्तुत हुँन सजग गराएको छ ।

प्रचण्ड अहिले कुन हैसियतमा छन भन्ने कुरामै उनको अभिव्यक्तिले शंसय उत्पन्न भएको छ । प्रचण्ड सत्तारुढ दल नेकपाको अध्यक्षको हैसियतमा छन् । उनी दुई पटक प्रधानमन्त्री समेत भइसकेका नेता हुन । तर उनको अभिव्यक्ति सुन्दा विद्रोही नेताको भन्दा फरक छैन । प्रचण्डको बोली बेलाबखत चिप्लिदा उनले निकै ठूलो आलोचनाको भारी बोक्दै आएका छन् । प्रचण्डले शसस्त्र द्वन्द्वका क्रममा भएका सबै नराम्रा घटनाको जिम्मा लिने बताएका थिए । त्यो अभिव्यक्ति दिएको केही समय नवित्दै उनले शसस्त्र द्वन्द्वमा मारिएका १७ हजार मध्ये ५ हजारको मात्र जिम्मा लिन आफू तयार भएको अभिव्यक्ति सार्वजनिक रुपमा दिएका थिए । यस्तै उनले हेग पुर्‍याइए आफू विश्वको हिरो हुने अभिव्यक्ति दिएका थिए । उनका अभिव्यक्ति सुन्दा उनी पूर्वप्रधानमन्त्री र सत्तारुढ दलको अध्यक्ष हुन भन्ने गुञ्जायस हुदैन ।

अस्थिर चरित्रका प्रचण्डले शान्तिप्रक्रियामा आएपछि पनि कहिले कांग्रेसलाई त कहिले एमालेलाई धोक दिइनै रहे । कांग्रेसका तीन जना सभापतिलाई उनले धोका दिन भ्याए । गिरिजाप्रसादलाई राष्ट्रपति हुनबाट बञ्चित गराए । सुशील कोइरालाई दोश्रो पटक प्रधानमन्त्रीमा धोका दिए । शेरबहादुर देउवासंग सरकारको गठबन्धन गरेर एमालेलाई निर्वाचनमा साथ दिए । यि घटनाले प्रचण्डलाई तत्कालिन रुपमा राजनीतिक फल हात परेपनि दीर्घकालिन रुपमा सधै पछुताउने बनाएको छ ।

कोइरालाले मुलुकमा शान्ति स्थापना गर्न खेलेको भूमिकाको नेपालमामात्र हैन अन्तर्राष्ट्रिय जगतमा समेत प्रशंसाको विषय बन्यो । कोइराला कै भूमिकाका कारण माओवादीको राजनीतिक एजेण्डाले स्थान पायो । राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा माओवादीलाई हेर्ने दृष्टिकोण बदलियो ।प्रचण्डलाई बदल्ने नेपाली कांग्रेस पार्टी र तत्कालिन सभापति कोइरालप्रति बदलावको भावले खोला तर्ने तर लौरो विर्सिने मनोविज्ञानले प्रचण्डलाई थला पारेको छ । हुनत प्रचण्डले सत्ता र आफ्नो स्वार्थमा माओवादी पार्टी र जनयुद्धका योग्दाहरुको अस्थित्व नै नामेट बनाइदिए । । र, एमालेमा पार्टी विलय गरे । सतही रुपमा हेर्दा कम्युनिष्ट पार्टीको एकता जस्तो देखिए पनि यो सामान्य घटना थिएन । यो परिघटनाले परिवर्तनको सपना देखाएर क्रान्तिमा होमिएकाको मर्ममामात्र प्रहार भएन मुलुकको व्यवस्था माथि नै अशंका पैदा गर्‍यो । एकतन्त्रिय शासन व्यवस्थको सपना देख्ने दुई कम्युनिष्टबीचको एकतापछि बनेको सरकारले राज्यव्यवस्था माथि निर्मम प्रहर गर्दै आएको छ । जसले राज्यका अंगहरु आतंकित भएका छन् । प्रचण्ड पार्टी एकिकरणपछि निरन्टर केपी ओलीको डोमिनेशनमा छन् । पार्टीभित्र ओलीको हेजेमोनी छ । जसका कारण पनि प्रचण्ड विछिप्त छन् ।आन्तरिक रुपमा जे जस्तो पीडा भएपनि आफ्नो धरातल विर्सिएर प्रचण्ड बहकिदा पार्टी भित्र ओलीलाई झनै फाइदा पुगेको छ ।

जंगलबाट संसद र सिंहदरवारसम्मको बाटो खोलिदिने नेपाली राजनीतिका शिखरपुरुष गरिजाप्रसादप्रति कपोलकल्पित र मनगणन्ते अभिव्यक्ति दिएर प्रचण्डले लोक हसाउने काम गरेका छन्। गिरिजाप्रसादले शान्तिप्रक्रियामा नल्याएका भए यतिबेला प्रचण्ड कहाँ हुन्थे ? जंगलमा या संसदमा ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *