बागमती प्रदेश

टेकुको कबाडी गोदाममा काठमाडौं महानगरको डोजर, नगरप्रहरी गुडागर्दी शैलीमा मजदुरलाई कुट्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा रहेको एक कबाड गोदाममा डोजर चलाएको छ ।

गोदाम भत्काउन पुगेका महानगर प्रहरीको टोलीसँग मजदुरहरूको झडप भएको छ । सो झडपमा नगरप्रहरीले झडपका क्रममा मजदुरहरुमाथि कुटपिट समेत गरेका छन् । नगरप्रहरीको कुटाईबाट तीन जना मजदुर गम्भिर घाइते भएका छन्। महानगर प्रहरीको कुटपिटबाट ३ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको व्यावसायीहरुले बताएका छन् ।

कबाडी व्यवसायीहरूले आफूहरूलाई गरिखान दिनुपर्ने भन्दै निरन्तर महानगरको कदमको विरोध गर्दै आएपनि महानगरले उनीहरुलाई काठमाडौँबाट धपाउने रणनीति लिएको छ । सो विषयमा अहिले महानगरको आलोचना समेत हुँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *