काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ । मंगलबार मधेस सरकारमा जनमतबाट शिक्षा र श्रममन्त्रीले राजीनामा दिदै सरकारबाट बाहिरिएको घोषणा गरेका हुन् ।
जनमतले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझायेको छ । मधेस प्रदेशमा जनमत र जसपाबीच असमझदारी बढेपछि जनमतले सरकार छोडेको हो ।
सोमबार सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालयको भवन शिलान्यास जसपा अध्यक्ष उपेन्द्र यादवले गर्ने भएपछि जनमत रूष्ट बनेको हो । झडप र विरोधका बीच यादवले शिलान्यास गरेका थिए । सोक्रममा प्रहरीसँगको झडपमा मधेसका शिक्षामन्त्री मधेसप्रसाद यादव समेत घाइते भएका थिए ।
जनमत केन्द्र सरकारमा पनि सहभागी रहेको छ । जनमतबाट अनिता देवी संघीय सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेकी छन् ।





