राजनीति

संसद् गतिरोध अन्त्य प्रयाससँगै मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं । प्रमुख नेताबीचको राजनीतिक छलफलपछि सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक  जारी  छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिक र प्रशासनिक मुद्दामाथि छलफल गर्ने अपेक्षा गरिएको छ।

यसअघि आजै प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच संवाद भएको थियो। स्रोतका अनुसार संसद् अवरोध हटाउने प्रयासस्वरूप भएको उक्त छलफलमा सकारात्मक वातावरण देखिएको बताइएको छ।

राजनीतिक सहमतिसँगै संसद् सुचारु गराउने तयारी भइरहँदा मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धी निर्णय लिने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *