काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले पदबाट राजीनामा दिएका छन्। आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले शाहको राजीनामा औपचारिक रूपमा स्वीकृत गरेको हो।
पूर्वबैंकर रहनु भएका शाहले रास्वपामा प्रवेश गरेसँगै छोटो समयमा जिम्मेवारी पाएका थिए। उनले भनेका छन्,
“नेतृत्व विकासमा योगदान गर्न सकिन्छ भन्ने सोचले विभाग सम्हालेको थिएँ। तर, त्यो पार्टीको प्राथमिकतामा नपरेपछि सक्रिय भूमिका खेल्न सकिनँ।”
शाह पार्टीमा रहने भए पनि अब प्रशिक्षण विभाग प्रमुखको भूमिकाबाट भने पटकपटक आलोचना खेपेका कारण अलग हुने निर्णय लिएका हुन्। उनका पदीय जिम्मेवारीप्रति असन्तुष्टि र कमजोरीको चर्चा पार्टीभित्र हुँदै आएको थियो।
यो राजीनामालाई रास्वपाको आन्तरिक कार्यशैली र रणनीतिक प्राथमिकतामा आएको असमझदारीको संकेतका रूपमा पनि हेरिएको छ।




