काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत्तले छहरे–टोखा सुरुङ मार्गको महत्व औँल्याउँदै संसदमा तत्काल बजेट विनियोजन गर्न माग गरेका छन्।
बुधबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा उनले यो परियोजना राष्ट्रिय महत्वको भएको उल्लेख गरे। “छहरे–टोखा सुरुङ मार्गले उत्तरको रसुवा सिमाना जोड्ने र चीनसँगको व्यापारिक पहुँच विस्तार गर्ने सम्भावना छ,” उनले भने।
उनले पासाङ ल्हामु राजमार्गको जुन–रानीपौवा–त्रिशूली खण्ड भारतको एक्जिम बैंकको सहयोगमा निर्माण हुँदै गरेकाले बाँकी खण्डहरूमा पनि कार्य अघि बढाउन आवश्यक रहेको बताए।
महत्तले सुरुङमार्गको पूर्ण डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार गर्न सरकारलाई आग्रह गरे। साथै, गोल्फु भञ्ज्याङसम्मको सडक र बालाजु–रानीपौवा खण्डमा पनि पर्याप्त बजेट छुट्याएर काम अघि बढाउनुपर्ने उनको सुझाव छ।



