राजनीति

वरिष्ठ नेता गच्छदारको दाबी : देउवा छैटौँपटक प्रधानमन्त्री बन्ने तयारीमा छन्

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता विजयकुमार गच्छदारले पार्टी सभापति शेरबहादुर देउवा छैटौँ पटक प्रधानमन्त्री बन्ने तयारीमा रहेको खुलासा गरेका छन्।

‘विपन्न वर्गको उत्थान र विकास’ विषयमा तयार पारिएको कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन सभापति देउवालाई बुझाउने कार्यक्रममा बोल्दै गच्छदारले वर्तमान राजनीतिक अवस्था जटिल रहेको उल्लेख गर्दै देउवालाई पुनः प्रधानमन्त्री देख्ने संकेत गरेका हुन्।

उनले भने, “नेपाल अहिले धेरै गम्भीर परिस्थितिमा छ, सजिलो अवस्था होइन। यो ०४८ सालको जस्तो होइन। त्यतिबेला म मन्त्री थिएँ, परिस्थिति बेग्लै थियो।”

राजनीतिक संघर्षको स्मरण गर्दै गच्छदारले आफूले पञ्चायतविरुद्धको आन्दोलनमा ३० वर्ष जेलनेल भोगेको र संघर्षमा सहिद भएका आफ्ना धेरै सहकर्मीलाई सम्झिँदै भावुक भए। “म बाँचेको छु, त्यसैले मलाई पूर्वमा ‘जिउँदो सहिद’ भन्छन्,” उनले भने।

गच्छदारको अभिव्यक्ति देउवाको राजनीतिक सक्रियता र सम्भावित नेतृत्व फेरि स्थापित गर्ने संकेतका रूपमा हेरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *