राजनीति

कांग्रेसभित्रकै आलोचकलाई गोकर्ण विष्टको कटाक्ष – सत्ता र प्रतिपक्ष छुट्याउन गाह्रो भो

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले गठबन्धन सरकारको स्थायित्वमा शंका नगर्न आग्रह गर्दै, कांग्रेसभित्र सरकारमै रहेर पनि प्रतिपक्षजस्तो व्यवहार देखिने प्रवृत्तिमाथि कटाक्ष गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा एमालेको तर्फबाट धारणा राख्दै विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको गठबन्धन सरकार राजनीतिक स्थिरता र सहमतिको आधारमा अघि बढिरहेको दाबी गरे। ूसरकार ढल्दैछ भनेर निराशा फैलाउने प्रयास भइरहेको छ, तर त्यसमा कुनै सत्यता छैनू, उनले स्पष्ट पारे।

उनको भनाइ थियो, ूदुई दलबीच आपसी समझदारी र सात बुँदे सहमति अनुसार सरकार चलेको छ। असहमति भए समाधानका राजनीतिक संयन्त्रहरू छन्।ू

विष्टको वक्तव्यको विशेष भाग भने कांग्रेसका भित्रिएका असन्तुष्ट स्वरप्रति लक्षित देखियो। उनले भने, ूकहिलेकाहीँ लाग्छ—सत्तामा रहेका साथीहरू सत्ता पक्षमा हुनुहुन्छ कि प्रतिपक्षमा, छुट्याउन पनि गाह्रो पर्छ।ू

उनले गठबन्धनभित्रको भूमिकालाई स्पष्ट र मर्यादित बनाउन सुझाव दिँदै थपे, “यो प्रकारको अवस्थाबाट माथि उठौं, गठबन्धन सरकारलाई जिम्मेवार र मर्यादित ढंगले अघि बढाऔं।”

उनको टिप्पणीलाई कांग्रेसभित्र सरकारप्रति आलोचनात्मक धारण राख्ने नेताहरूको व्यवहारप्रति असन्तोषको रूपमा हेरिएको छ। हालैका दिनहरूमा सत्तारुढ दलभित्रैबाट विभिन्न विषयमा सार्वजनिक असहमतिहरू देखिन थालेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *