काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि काठमाडौंमा शुक्रबार जुलुस र जनसभा गर्ने भएको छ। मोर्चाका अनुसार राजधानीका विभिन्न स्थानबाट सुरु हुने जुलुस भृकुटीमण्डपमा पुगेर जनसभामा परिणत हुनेछ। जनसभा दिउँसो १ बजे सुरु हुनेछ।
समाजवादी मोर्चाले गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि काठमाडौंका बबरमहल (पुलछेउ)कुपण्डोल,त्रिपुरेश्वर चोक,सुन्धारा,न्युरोड,सोह्रखुट्टे, शान्तिबाटिका, मैतीदेवी लगायतका क्षेत्रमा क्षेत्रमा पदर्शन गर्ने तयारी गरेको छ ।
मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आवद्ध छन्। मोर्चाले लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै राष्ट्रिय हितको रक्षा गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको जनाएको छ।




