राजनीति

मानव विकास सूचकाङ्क सुधार हुँदै गएको छ : परराष्ट्रमन्त्री डा राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा मानव विकास सूचकाङ्क पहिलाभन्दा सुधार हुँदै गएको बताएकी छिन् ।

धनगढी उपमहानगरपालिका–२ कार्यालयको प्रशासनिक भवनको आज उद्घाटन गर्दै मन्त्री डा राणाले मानव विकास सूचकाङ्क सुधार हुन जरुरी रहेको बताए । उनले भने , “पूर्वाधारहरुको मात्र होइन, सामाजिक, मानवीय विकासलगायत अन्य सूचकको पनि विकास हुनु जरुरी छ ।”

मन्त्री डा राणाले विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्न आवश्यक भएको बताउनुभयो । “विकासको प्रक्रिया भनेको आजको भोलि टुङ्गिँदा पनि टुङ्गिँदैन र अझ बस्ती बढ्दै जान्छ, कहीँ पुरानो बस्ती छुटेको हुन्छ, जसले गर्दा विकासको क्रम चाहिँ हामीले अगाडि बढाउँदै लैजानुपर्ने हुन्छ”, उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *