काठमाडौँ । मधेसवादी राजनीतिक दलहरूको बैठक सुरु भएको छ ।
बिहीबार सिंहदरबारमा मधेसवादी राजनीतिक दलहरूको बैठक सुरु भएको हो । बैठकमा आठ वटा पार्टी सहभागी रहेका छन् ।
जसमा जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी,नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टी, तमलोपा रहेका छन् ।
मधेसवादी दलहरूले सरकारले संविधान संशोधन गर्ने विषय उठाएसँगै एकताबद्ध हुन र मधेसका मुद्दाहरू एक आवाजमा उठाउन भन्दै बैठक बस्दै आएका छन् ।




