काठमाडौं । नेकपा एमालेले बिहीबार दरबारमार्गमा गर्ने सभा अराजकताविरुद्ध सन्देश हुने जनाएको छ । बानेश्वरस्थित एक होटलमा पत्रकारहरुसँग अन्तर्क्रिया गर्दै एमाले नेताहरुले ७ मंसिरमा दरबारमार्गमा हुने सभाबारे जानकारी दिएका थिए । उपमहासचिव प्रदिपकुमार ज्ञवालीले सरकारका विरुद्धमा फैलाइएका नकरात्मकतालाई सकरात्मक सन्देश दिन एमालेले प्रदर्शनको तयारी गरेको बताए ।सभा मार्फत् एमाले कार्यकर्ता र जनतालाई सत्य कुरा भन्न लागेको ज्ञवालीले बताए । अराजकता सह्य नहुने सत्य जनसभा मार्फत् भन्न लागेको उनले बताए ।




