राजनीति

परराष्ट्रमन्त्री देउवासहित प्रधानमन्त्री ओली शितल निवासमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पररराष्ट्रमन्त्री आरजु राणा देउवा शितल निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्री शितल निवास पुगेका हुन् ।

उक्त भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे रिपोर्टिङ भएको छ ।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायतको उपस्थिति रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *