राजनीति

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

जसपाले नेकपा एमाले र नेपाली काँग्रेस लगायतका दलको सहमतिमा नयाँ बन्ने राष्ट्रिय सहमतिको सरकारको निर्माणमा सहयोग र सहकार्य गर्ने भएको छ । प्रधानमन्त्री पचण्डले भोली पाँचौँ पटक विश्वासको मत लिदैँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *