मुख्य समाचार

फ्लोर क्रस गरेका देवकोटालाई स्पष्टीकरण

काठमाडौं । फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका माओवादी केन्द्रका सांसद तथा नेपाल समाजवादी पार्टी (नेसपा)का नेता फणीन्द्र देवकोटालाई स्पष्टीकरण सोधिएको छ ।

नेकपा माओवादी केन्द्र गण्डकी संसदीय दलले उनलाई साँझ ७ बजेसम्म लिखित जवाफ पठाउन निर्देशन दिएको हो ।

देवकोटाले फ्लोर क्रस गरेपछि त्यसको जानकारी सोमबार नै पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको कार्यालयले पठाएको थियो । जसअनुसार केन्द्रको रायअनुसार प्रदेश संसदीय दलले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

मंगलबार साँझ उनलाई स्पष्टीकरण सोधेको पत्र पठाइएको प्रमुख सचेतक कुसुम बुढाले जानकारी दिइन् ।

‘दलको विधान विपरीत काम गरेको र ह्विप उल्लङ्घन गरेको हुँदा केन्द्रको सुझावका आधारमा स्पष्टीकरण सोधेका उनको भनाइ छ । देउवकोटाले बुधबार साँझसम्म स्पष्टीकरण दिनुपर्ने उनले बताइन् ।

उनलाई इमेलबाट र प्रत्यक्ष भेटेर पत्र बुझाइएको बुढाले बताइन् । ‘पत्र गएको छ । उहाँले भन्नुभएको ठाउँमा पत्र गएको छ । प्रत्यक्ष भेटेर पनि दिएका छौँ,’ उनले अघि भनिन्, ‘अब उहाँले दिने जवाफका आधारमा प्रक्रिया अघि बढ्छ ।’

माओवादीको चुनाव चिह्नमा निर्वाचन लडेर विजय भएका नेपाल समाजवादी पार्टीका उनलाई माओवादीले कारबाही गरे पनि अन्यौलता कायमै छ । देवकोटा माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा उठेपनि नेसपा नै कायम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *