काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपेक्षामा परेका सुकुम्वासीको संरक्षणमा काठमाडौं महानगरपालिका जुट्नुपर्ने बताएका छन् । सुकुम्वासीको संरक्षणमा तीनै तहका सरकार लाग्नुपर्ने भन्दै अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकामा सुकुम्वासी वस्तीमाथि लाग्दै आएको डोजर अतिक्रमण रोक्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई आग्रह गरेका हुन् । मानवको संरक्षण मानवले नै गर्नुपर्ने बताउँदै आवास नभएकालाई आवास निर्माणको व्यावस्थापन गर्नेतिर केन्द्रित हुनुपर्ने बताए ।
भूमि अधिकार तथा श्रमिक संगठन नेपालले काठमाडौंमा आयोजना गरेको लोकतन्त्रमा सुकुम्वासीमाथि जथाभाबी गर्न नमिल्ने उल्लेख गर्दै उनीहरूलाई आवासको व्यवस्था गर्न काठमाडौं महानगरपालिकालाई सुझाव दिए ।
काठमाडौं महानगरपालिकाले लालपूर्जा नभएको भन्दै सुकुम्वासी वस्तिहरू डोजर लगाएर हटाउने कामलाई मेयर बालेन्द्र शाहले निरन्तरता दिइरहेका बेला ओलीले सो बस्तीमा भत्काउने अभियान रोक्न आग्रह गरे ।
मेयर शाहलाई सुकुम्वासीमाथि ज्यादती नगर्न सचेत गराउँदै कहीँ हेप्ने मानिस नभेटेपछि उनीहरूलाई हेप्न नहुने बताउँदे ओलीले सुकुम्वासीको समस्या समाधान गर्ने विषयमा सरकारको ध्यान केन्द्रित हुने उल्लेख गरे ।
काठमाडौं उपत्यकामा वसोवास गर्दै आएका सुकुम्वासीमाथि मेयर शाहले राणा शासन शैलीमा डोजर चलाएपछि हजारौँ समस्यामा पर्दै आएका छन् । कति साना मसिना बालबालिकाको भविष्य अन्धारतिर धकेल्दिै आएको छ । व्यवास्थापनको उपाय नपनाई कुर शासकको रुपमा उदाएर मानवजातिका बारेमा केही नसोचि मानवजानतिको गृहको नै भत्काउने कार्य मानवअधिकार विपरीत हो ।




