मुख्य समाचार

नयाँ सत्ता समीकरणका बारेमा ज्ञवालीलाई चिन्ता

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमालें) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समीकरणका बारेमा चिन्ता व्यक्त गरेका छन् । उपमहासचिव ज्ञवालीले स्वदेशकै पात्रहरूले, स्वदेशकै खेलाडीहरूले अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समीकरणलाई टिकाउने कुरा भने चुनौतीको रूपमा रहेको उल्लेख गरे । स्थायित्व र विश्वासका पात्रहरु नभएका कारण हरेक कुरा अफ्ठ्यारोमा पर्दै जाने गरेको उनको बुझाइ छ ।

नयाँ सत्ता समीकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहेपनि बाह्य हस्तक्ष विना नै नयाँ समिकरण बनेको उनको भनाइ छ । उनले नयाँ समिकरण एकदमै गुपचुप ढंगले धेरैलाई त अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी यो काम भएको बताए । तर उनले नयाँ समिकरणका बारेमा एकदमै देशकै राजनीति दलहरुको आन्तरिक सहमतिबाट तए भएको उनको बुझाइ छ ।

बाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्शन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरू, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरू ठुलो संकटमा रहेको उल्लेख गर्दै त्यो संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्न आवश्यक रहेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *