मुख्य समाचार

माओवादी नेता पुरीले दिए पदबाट राजीनामा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कोसी प्रदेश समितिका कोषाध्यक्ष रेवतराज पुरी गगनले पदबाट राजीनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएपछि नेकपा (माओवादी केन्द्र) कोसी प्रदेश समितिका कोषाध्यक्ष रेवतराज पुरी गगनले पदबाट राजीनामा दिएका हुन् ।

झापाको दमक नगरपालिका–८ स्थित सरकारी जग्गा आफ्नो नाममा ल्याएको भन्दै अख्तियारगले पुरी र उनको परिवारसहित १७२ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरिसकेको छ। सोही प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा पुरीको चार करोडभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको पुष्टि भइसकेको छ। उनलाई जरिवाना तिराउने फैसला विशेष अदालतले गरिसकेको छ।

पुरीले आफ्नो पैतृक जमिनसँग सम्बन्धित भई विशेष अदालतले गरेको फैसला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाका कारण कोषाध्यक्ष पदबाट राजीनामा दिए । पार्टीका प्रदेश अध्यक्षलाई सम्बोधन गर्दै उनले राजीनामा पत्र बुझाएका हुन्। बुवा भगवान पुरीले २००२ देखि जंगल फडानी गरि करिब ६० बिघा जमिन भोगचलन गरेको दावी गर्दै उनले २०२१ सालमा बुवाको नाममा २४ बिघा र आमा रुपादेवीको नाममा ४ बिघा १४ कठ्ठा १० धुरसहित २९ बिघा १४ कट्ठा १० धुर जग्गाको धनीपूर्जा आफ्नो परिवारसँग रहेको दाबी गरेका छन्।

जग्गा नाप जाँच ऐन २०१९ को दफा ६ बमोजिम २०६३र६४ तिर आफूहरू लगायतले दमक नगरभित्रको हाल वडा दमक ५, ६, ८, ९ र १० मा गरि करिब २५ सय घरपरिवारले पुनः नापी टोलीबाट धनीपूर्जा पाएको उनले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *