मुख्य समाचार

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक फागुन १० गतेका लागि तय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा छलफल हुने जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *