मुख्य समाचार

सुदूरपश्चिम जिल्ला सभापतिहरूसँग शेखर कोइरालाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्।

महासमिति बैठक बस्नुअघि नेता कोइरालाले जिल्ला सभापतिहरूसँग आवश्यक छलफल गरेका हुन्। कांग्रेस महासमितिको बैठक आजदेखि १० गतेसम्म संचालनमा आउनेछ । पुष्प शाह–अछाम, पदम बोगटी–कञ्चनपुर, चतुरबहादुर चन्द–बैतडी, भीम साउद–डडेलधुरा, रामसिंह रावल–बाजुरा, खड्ग बोहरा–बझाङ, नरेन्द्रबहादुर सिंह –डोटी र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले छलफलमा सहभागीता जनाएका थिए ।

आजबाट सुरु हुने महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *