मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङको अवलोकन गर्न शुक्रबार जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड मंगलबार गएको भूकम्पको केन्द्रविन्दु रहेको जिल्ला बझाङ जाने भएका हुन् ।

बझाङ जाने कार्यक्रम शुक्रबारका लागि तय गरिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बिहिबार बिहान सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक बसेको बैठकमा प्रधानमन्त्ती प्रचण्डले बझाङमै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्ने बताएका थिए ।

मंगलबार दिउँसो ३ :०६ बजे को समयमा बझाङ केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी एक जना महिलाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लामा व्यक्तिगत घरका साथै केही सार्वजनिक भवनमा पनि क्षति पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *