राजनीति

सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लबमा भएको घटनाको भत्र्सना गरेका हुन् ।

“आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,” जारी विज्ञप्तीमा उल्लेख छ, “उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।”

सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लबको कार्यक्रमबाट निस्कने समयमा खुकुरी प्रहार भएको थियो । उनलाई नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *