काठमाडौं । पशुपतिनाथमा सुनको जलहरी भनेर पित्तलको जलहरी चढाइएको आरोप पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध नै गरेको छ ।
संसद बैठक शुरु भएलगतै शुक्रबार एमाले सांसदहरुले उभिएर बैठक अवरोध हुन पुग्यो एमाले प्रमुख सचेतक पदम गिरीले प्रमुख प्रतिपक्षी दलका अध्यक्षमाथि लागेको आरोपबारे प्रष्ट निर्णय नभएसम्म बैठक चल्न नदिने समेत दाबी गरे ।
सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएकाले बैठक प्रक्रियामा लैजाने पर्यासमा जुटेपनि सम्भव भएन । तर एमाले सांसदहरुले आधारहीन आरोप लगाउने सांसदमाथि कार्बाही र संसदीय रेकर्डबाट नहटाएसम्म अवरोध कायमै राख्ने उल्लेख गरेपछि संसद बैठक सभामुख घिकिरेले २० मिनेटका लागि रोकेपछि अहिले सम्म संचालनमा आउन सकेको छैन् ।
उपनेता सुवास नेम्वाङले आधारहीन र गैरजिम्मेवार टिप्पणी नसच्याएसम्म बैठक चल्न नदिने भन्दै ‘सदन रोक्ने रहर नभएको तर बाध्यताका कारण यस्तो अवस्था सिर्जना भयो उनले भने । नेम्वाङले ‘यति गम्भीर आरोप टाउकोमा बोकेर हामी कसरी भाग लिन सक्छौं भनेर सरकारलाई प्रश्न नै सोधेका छन् ।
नेम्वाङले भ्रष्टाचार भएमा कार्बाही गर्न सक्ने डाडूपन्यू लिएको सत्तारुढबाटै प्रमुख प्रतिपक्षमाथि आधारहीन आरोप लगाइएको बताए ।’मैले तीन पटक सुनेँ । सुनको जलारीको नाममा पशुपतिनाथमा पित्तलको जलारी चढाएर भ्रष्टाचार गर्ने काम गरेको छ । पार्टीको नेतामाथि यस्तो आरोप लागेको छ’, नेम्वाङले भने । उनले यो आरोप राफसाफ नभएसम्म संसदीय प्रक्रियामा सहभागी हुन नसकिने बताए।




