काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पराजित भएका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
बुधबार बिहान भएको दलको नेताको निर्वाचनमा निर्वाचित भएका देउवालाई थापाले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
देउवा ६४ मत ल्याएर निर्वाचित भएका हुँदा थापाले २५ मत पाएका थिए ।




