राजनीति

कम्युनिष्टलाई मार्क्सवाद पढाउने कांग्रेस नेता गिरि को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको ७५ वर्षको उमेरमा शनिबार निधन भएको छ ।

उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको हो । विक्रम सम्बत् २०१७ सालदेखि कांग्रेसको क्रियाशील सदस्य रहेका गिरी चिन्तक समेत थिए ।

विक्रम सम्बत् २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष गरी साढे दुईवर्ष बढि जेल बसेका गिरि २०५१ सालको संसदीय निर्वाचनमा सिराहा–५ बाट निर्वाचित भएका थिए ।

०५६ साल निर्वाचनमा सिरहा–५ मा पराजित भएका उनी पहिलो र दोस्रो संविधान सभामा समानुपातिक सभासद थिए । संविधान निर्माणका बेला भएका बहशमा खरो रुपमा सहभागी गिरि संविधान जारी हुने समयमा भने नेपालमा थिएनन् ।

उनी संविधान जारी गर्ने समयमा भारत पुगेका थिए । विक्रम २०७४ सालको चुनावमा सिराहा–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका गिरिले कम्युनिष्ट नेताहरुलाई समेत मार्क्सवादका बारेमा प्रशिक्षण दिने गरेका थिए ।

अध्ययनमा अत्यधिक रुची राख्ने गिरिका हरेक भाषण सर्वप्रीय थिए । गिरिले जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *