राजनीति

झाँक्रीले किन लुकाइन् पार्टीमा आफ्नो पहिचान ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी पूर्वमन्त्री रामकुमारी झाँक्रीले पार्टीको पहिचान लुकाउन खोजेको देखिएको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिएकी झाँक्रीले आफ्नो परिचयमा प्रतिनिधिसभा सदस्य र पूर्वमन्त्री मात्रै उल्लेख गरेर पार्टीको पहिचान लुकाउन खोजेको भन्दै प्रश्न उठाइएको छ ।

नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँक्री र अध्यक्ष माधवकुमार नेपालका बिचमा पछिल्लो समय सम्पर्क समेत नभइरहेको सार्वजनिक गरेकी झाँक्रीले पार्टीको सचिव पद उल्लेख नगर्नु पार्टीभित्रको असन्तुष्टि रहेको आंकलन गरिएको छ ।

मन्त्रीबाट फिर्ता गर्ने पार्टीको निर्णयप्रति असन्तुष्टि जनाएकी झाँक्री मन्त्रीबाट हटेपछि अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता समेत गरेकी छैनन् । उनले अध्यक्ष नेपालले समेत नबोलाएको सार्वजनिक गरेकी थिइन् ।

नेकपा एकीकृत समाजवादी गठन भएको एक वर्ष पुरा भइसकेको छ । झाँक्रीले भने एमाले विभाजन गर्ने निर्णय गर्दा स्वतन्त्र रुपमा निर्णय गरेको भन्दै अहिले पनि आफु जुनसुकै निर्णय गर्न स्वतन्त्र रहेको बताएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *