राजनीति

कांग्रेसको महिला संघ अध्यक्षमा मिश्र नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र नियुक्त भएकी छन् । मिश्र नेपाल महिला संघको निवर्तमान सचिव समेत हुन् ।

सभापति शेरबहादुर देउवाले मिश्रलाई अध्यक्षमा नियुक्त गरेका हुन् । कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार महिला संघको तत्कालिन समितिको म्याद समाप्त भएको थियो । विघटन भएको महिला संघको अध्यक्षमा सिरहाकी मिश्रलाई सभापति देउवाले नियुक्त गरेका हुन् ।

यसअघि साउन मसान्तभित्र रिक्त रहेका भातृ संठनलाई पुर्णता दिने निर्णय कांग्रेसले गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *