काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर वावुराम भट्टराईले सत्ता गठबन्धनमा आफ्नो दललाई समेत सहभागी गराउन आग्रह गरेका छन् ।
पार्टी गठन भएपछि पहिलोपटक प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा भट्टराईले अहिलेको गठबन्धन निर्माणमा महत्वपुर्ण योगदान रहेको भन्दै अहिलेको गठबन्धनमा समेत सहभागी गराउन आग्रह गरेका हुन् ।
भेटबारे जानकारी दिदै अध्यक्ष भट्टराईले भने,‘प्रम शेरबहादुर देउबासंग नेपाल समाजवादी पार्टी (नेसपा)को पहिलो औपचारिक भेट र समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनवारे सार्थक छलफल, वर्तमान गठबन्धन निर्माणमा शुरूदेखि नै नेसपा नेताहरूको महत्वपूर्ण योगदान रहेको तथ्यलाई गठबन्धन दल र नेताहरूले नभुल्ने अपेक्षा ।’
जवाफमा प्रधानमन्त्री देउवाले भने अन्य दलहरुसँग समेत छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन् ।




