राजनीति

लोसपालाई पनि गठबन्धनमा ल्याउने तयारी

काठमाडौं । लोसपालाई समेत अहिलेको सत्ता गठबन्धनमा ल्याउने विषयमा छलफल शुरु भएको छ ।

गठबन्धनले बनाएको सिट बाँडफाँडका कार्यदलका सदस्य समेत रहेका सरकारका प्रवक्ता जानेन्द्रबहादुर कार्कीले लोसपालाई समेत गठबन्धनमा ल्याउने बारेमा छलफल भइरहेको जानकारी दिएका हुन् ।

मन्त्री कार्कीले लोसपालाई गठबन्धनमा ल्याउन शीर्ष तहमा छलफल जारी रहेको भन्दै भने,‘लोसपालाई सत्ता गठबन्धनमा ल्याउन छलफल चलिरहेको छ । त्यो छलफल शीर्ष तहमा जारी छ ।’

यसअघि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *