राजनीति

जनार्दन शर्माबारेको प्रतिवेदन स्वीकार्य नभएको ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई स्वीकार गर्न नसकिने बताएका छन् ।

राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा अध्यक्ष ओलीले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन स्वीकार गर्न नसकिने बताएका हुन् ।

ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुने गरी संसदीय समिति बनाइएको आरोप समेत लगाए । समितिमा एमालेलाई अल्पमतमा पारेर अर्थमन्त्रीलाई निर्दोष देखाउने काम भएको आरोप समेत ओलीले लगाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *