काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो दलबाट मन्त्री भएकाहरुलाई साताको १ दिन पार्टी कार्यालयमा जान निर्देशन दिएको छ ।
आफ्ना मन्त्री भएकाहरुलाई साताको एक दिन पार्टी कार्यालय पुगेर नेता कार्यकर्तासँग भेटघाट गर्न समय र दिन नै तोकेर निर्देशन दिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आइतबार र शुक्रबार दिउँसो २ देखि ३ बजेसम्मको समयमा पार्टी कार्यालयमा हुनेछन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ सोमबार दिउँसो २ देखि ३ बजेसम्म र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर मंगलबार दिउँसो २ देखि ३ बजेसम्म र सहरी विकासमन्त्री मेटमणी चौधरी बुधबार पार्टी कार्यालयमा पुग्न निर्देशन दिएको हो ।




