राजनीति

रवि लामिछानेको पार्टीले चितवनमा भेला गर्ने, चितवनले पखेंटा दिने आशा

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेको पार्टीले चितवनमा भेला गर्ने भएको छ ।

पार्टी गठनपछि पहिलोपटक चितवनमा लामिछानेको दलले भेला गर्न लागेको हो । लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले असार २५ गते चितवनमा भेला गर्न लागेको हो । सभापति लामिछानेले चितवन भेलाले उड्नका लागि पखेटा दिने आशा रहेको बताएका छन् ।

उनले भनेका छन्,‘आशा छ— चितवनले एकपटक फेरि हामीलाई उड्न पखेंटा दिनेछ । रित्ता र सुख्खा आँखामा सपनाको मूल भर्ने हाम्रो यो महाअभियानमा चितवन कोसेढुंगा हुनेछ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *