राजनीति

अन्तर्घातको आरोपमा जसपाद्वारा प्रदेशसभा सदस्य पार्टीबाट निश्कासन

काठमाडौं । जनता समाजवादी पार्टीले एकजना प्रदेशसभा सदस्यलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशनको घोषणा गरेको छ ।

स्थानीय तहको चुनावमा अन्तर्घात गरेको आरोपमा महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले प्रदेशसभा सदस्य कौशल कुमार यादवलाई साधारण सदस्य समेत नरहनेगरी कारबाहीको घोषणा गरेको हो ।

उनीसँगै संघीय शिक्षक फोरमका कौशल कुमार यादवलाई पनि निष्काशन गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *