राजनीति

बुटबलमा कांग्रेस उम्मेदवार पाण्डेको अग्रता कायमै

काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले अग्रता कायमै रहेको छ ।

वडा नम्बर एकको मतगणना सकिदासम्म पाण्डेले ८४३ प्राप्त गरेर अग्रता कायमै राखेका हुन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृगेन्द्रकुमार शेरचनले ४१४ र नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले ३४० मत पाएका छन् ।

यस्तै उपप्रमुख पदमा राप्रपाकै भगवती पाण्डेले ४५८, नेकपा एमालेकी सावित्रादेवी अर्यालले ४१९ र नेकपा समाजवादीका चिनबहादुर गुरुङले ३४९ मत पाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *