काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेकपा मालेबाट उपमेयर पदमा उम्मेदवारी दिएका शिवप्रसाद लम्साल नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
कांग्रेस नेता प्रदीप पौडेलले लम्साललाई साधारण सदस्यता दिएर प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्दै लम्सालले आफ्नो उम्मेदवारी कायम नरहने र गठबन्धनका उम्मेदवार कृष्णराज पण्डितलाई सहयोग गर्ने बताए ।




