राजनीति

मकवानपुरका ६ जना उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । मकवानपुरका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका ६ उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिकाका ६ उम्मेदवारको विरुद्ध उजुरी परेको हो ।

निर्वाचन आयोगले उम्मेदवारविरुद्ध दाबी विरोधका लागि निर्धारण गरेको समयमा उजुरी परेको हो । अब उजुरीमाथि छानविन गरेर आवश्यक कानूनी प्रक्रिया अघि बढाउने तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *