काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अपराधी नेता भएको आरोप लगाएका छन् ।
ग्लोबल टेलिभिजनको कार्यक्रम ‘तक्षशिला’मा पत्रकार प्रकाश गिरिसँगको अन्तर्वार्तामा प्रवक्ता शाहीले माओवादीले चलाएका युद्धका क्रममा अध्यक्ष प्रचण्ड भारतमा बसेको र कलिला बालबालिका समेत युद्धमा प्रयोग गरेको भन्दै अपराधी भएको आरोप लगाएका हुन् ।
प्रवक्ता शाहीले नेपाल हिन्दुराष्ट्र हुनुपर्ने र राजा फर्किने दाबी गरे । उनले शान्तिपुर्ण रुपमा जनमतमार्फत् नै राजसंस्था पुर्नस्थापना हुने दाबी समेत गरे । प्रवक्ता शाहीले नेपालका अहिलेका राजनीतिक दलहरुले मुलुकको विकास गर्न नसक्ने समेत दाबी गरे ।




