काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले गठन गरेका उपसमितिहरूमा संयोजक मनोनयन गरेको छ ।
कांग्रेस उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले समितिअन्तर्गत गठित उपसमितिहरूमा संयोजक मनोनयन गरेका छन् ।
केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डेलाई भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति, मीनबहादुर विश्वकर्मालाई, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति, प्रदिप पौडेललाई अनुगमन, मूल्याकंन तथा सुपरिवेक्षण उपसमिति, मदनबहादुर अमात्यलाई शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति, उदयशम्शेर राणालाई विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति, जीतजंग वस्नेतलाई जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति र रामहरी खतिवडालाई निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिका संयोजकको जिम्मा दिएका हुन् ।




